अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम
अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख छ । मनसुनको प्रभाव कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।