कक्षा ११ र १२ का पुराना विद्यार्थीले मौका परीक्षा दिन पाउने

२०८१ कार्तिक २४ शनिबार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ।

 

बोर्डले (शुक्रवार) सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ। बोर्डका अनुसार कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा अध्ययन गरेकाले यो अवसर पाउने छन्।

 

‘कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र इ ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सो भन्दा कम भएका)लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।

 

बोर्डका अनुसार परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र (मिति २०८१ साल मंसिर २७ गतेभित्र) सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ। परीक्षा आवेदन शुल्क प्रतिपरीक्षार्थी प्रतिखण्ड एक हजार तोकिएको छ।

प्रतिकृया दिनुहोस

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।    नेपाल विद्युत

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।   आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् ।   आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ