पालिका उपचुनाव : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मङ्सिर ३ सोमबार

यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

 

उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि दुई जना महिलाको उम्मेदवारी परेको छ भने ओखलढुङ्गाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी परेको छ ।

 

आयोगका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर गरी ८ पदमा ३५ महिला र ४८ पुरूषसमेत गरी ८४ जनाको उम्मेदवारी परेको छ ।

 

त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा ३/३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

 

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र भोलि बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

 

पर्सि ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । 

 

प्रतिकृया दिनुहोस

पालिका उपचुनाव : आज उम्मेदवारको विरोधमा उजुरी, भोलि नामावली प्रकाशन

यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको

आज उपनिर्वाचनको लागि मनोनयन दर्ता गरिदै

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता गरिदै छ । मनोनय दर्ताको लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकिएको छ

स्वदेश फर्किए रास्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी