नेपाल टेलिकमले सञ्चालनमा ल्यायो रोबोट ‘मैना’

२०८१ मङ्सिर २ आइतबार

नेपाल टेलिकमले ग्राहकहरूको सहजताका लागि रोबोट सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरु गरेको हो ।

 

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

 

नेपाली र  अंग्रेजी दुवै भाषा ग्राहकहरूले बुझ्न सहज होस् भन्ने  उद्देश्यका साथ रोबोट सञ्चालनमा ल्याइएको पन्थीले बताए । रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरूलाई सजिलै तरिकाले जानकारी गराउने बताए ।

 

उनले भने, ‘यो नयाँ प्रविधि हो । नयाँ भएकै कारण केही कुरामा मिस्टेक हुनसक्छ । सबै कुरा सही भन्नको लागि अझै यसमा केही समय लाग्छ । विशेष गरी नियमित दुई सयदेखि तीन सय जना ग्राहकहरू सेवाको लागि टेलिकममा भिजिट गर्नुहुन्छ त्यहीँ समय कर्मचारी साथीहरू काममा व्यस्त भइरहेको अवस्था हुन्छ ।

 

कस्टमरहरुलाई जानकारी दिन धेरै समय लाग्ने भएकाले रोबोटलाई धेरै कुरा सोध्न सकिन्छ । रोबोटलाई पुरै ट्रेन गर्न अझै धेरै समय लाग्छ । रोबोटले ग्राहकहरूलाई धेरै नै सहज बनाउँछ । कहिलेकाहीँ फेस्टुफेस बोल्न हामी सबैलाई अप्ठ्यारो लाग्छ त्यहीँ क्रममा रोबोटसँग कुराकानी गर्न सजिलो हुन्छ । धेरै ग्राहकहरूलाई नेपाली आउँदैन भने अंग्रेजीमा यसले जानकारी गराउँछ । नेपाली भाषा नआउनेलाई र  अंग्रेजी भाषामा समेत यसले कुरा गरेर सेवा प्रदान गर्छ ।’

 

उनले यो रोबोटलाई केही समय परीक्षणको लागि राखिएको बताए । उनले यो पूरै एआई च्याट रोबोट भएको बताए ।

प्रतिकृया दिनुहोस

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।   अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।   खुलातर्फ १ सय