नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

२०८१ भदौ ७ शुक्रबार

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।

 

खुलातर्फ १ सय ४७ तथा समावेशीतर्फ महिला कोटामा २४, आदिवासी जनजाति कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।

 

यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छ्ट्याइएको छ ।

 

नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद आउँदो असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।   अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च

गण्डकी प्रदेशमा न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक