बेलौरी : रामलीला भव्यताका साथ सम्पन्न 

२०८१ मङ्सिर २ आइतबार

बेलौरी,कञ्चनपुर-

 

कञ्चनपुरको बेलौरीमा श्री रामचन्द्र भगवानको जीवन कथामा आधारित रामलीला भव्यताका साथ सम्पन्न भएको छ ।

 

गत कार्तिक २० गतेदेखि बेलौरीको खुलामञ्चमा जारी रामलीला शनिबार सम्पन्न भएको हो ।

 

No photo description available.

 

मर्यादा पुरुषोत्तम् भगवान रामचन्द्रको जीवन कथामा आधारित लीला धर्म, संस्कृति एवम् संस्कार संरक्षणका लागी आयोजना गरिएको बेलाैरी साँस्कृतिक तथा रामलीला समिति संयोजक दिनेश बहादुर  कुँवरले बताए । 

 

May be an image of 3 people, henna, temple, wedding and text

 

सुरुवाती चरणमै सफलता पाएकाे रामलीलामा झण्डै एकलाख पचाँसहजार भन्दा बढी भक्तजनहरुले प्रत्यक्ष सहभागीता जनाएको अनुमान गरिएको छ । भने रामलीलालाई विभिन्न सञ्चार माध्यमबाट पनि देश विदेशका लाखौं श्रद्धालु भक्तजनहरुले दृश्यालाेकन गरेका थिए ।

 

May be an image of 5 people, flute, temple and text

 

स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेको रामलीला ऐतिहासिक रुपमा सु-सम्पन्न भएकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग एवम् सद्भाव प्रकट गर्नुहुने महानुभावहरु प्रति समितिका संयोजक कुँवरले धन्यवाद व्यक्त गरेका छन् । 

 

उनले, विशेषगरी समितिका सल्लाहकार एवम् निर्देशक प्रेमसिंह बाेहरा, डा. भुपेन्द्र बिष्ट र गाेपाल गुरुङलाई सम्झिदै साथ सहयोगका लागि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरी र उप प्रमुख जाेगराम चाैधरी प्रति आभार व्यक्त गरेका छन् ।,

 

May be an image of 11 people and dais

 

भने उता, रामलीला समापन समाराेहका प्रमुख अतिथि एवम् बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले रामलीला कार्यक्रम सभ्य-भव्य एवम् शान्तिपूर्ण ढंगले सम्पन्न भएकाेमा खुसी व्यक्तगर्दै भने,- "यी र यस्तै कार्यक्रमलाई सहयोग गर्न स्थानीय सरकार सधैं यहाँहरुकाे साथमा छ ।, 

 

रामलीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई कलाकारहरुले  साभार गर्दै कलात्मक ढंगले प्रस्तुत गरेका थिए । भने, कतिपय कलाकारहरुले दर्शक एवम् भक्तजनहरुकाे मन नै जितेका छन् ।

 

May be an image of 2 people, flute and temple

 

संस्कृति र संस्कारको रुपमा स्थापित भएको रामलीला झण्डै तीन दशकपछि बेलौरीमा सञ्चालन भएपछि स्थानीय भक्तजनहरुले आयाेजकलाई धन्यवाद दिदैं खुलेर प्रसंसा गरिरहेका छन् ।

 

भने, रामलीला सफल पार्न सहयोग गर्नुहुने महानुभावहरुलाई समितिले सम्मान समेत गरेकाे थियो ।

 

फोटो फिचर :-

 

May be an image of 3 people and temple

May be an image of 9 people, temple and daisMay be an image of 6 peopleMay be an image of 9 people, temple and textNo photo description available.May be an image of 12 people and templeMay be an image of 10 people, temple and textMay be an image of 8 people, temple and crowd

May be an image of 10 people, television and textNo photo description available.May be an image of flute and templeMay be an image of 7 people, violin, flute and templeMay be an image of 4 people, dais and textMay be an image of 9 people, dais and templeMay be an image of 7 people

 

प्रतिकृया दिनुहोस

संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला

बैतडी -   नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

कञ्चनपुर -   गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत

कञ्चनपुर : लागूऔषध चरेशसहित ७७ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर -   कञ्चनपुरमा ७७ वर्षीय वृद्ध चरेशसहित पक्राउ परेका छन् । जिल्लाकोभीमदत्त नगरपालिका-५ वनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरा लागूऔषध