‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात
बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले पहिलो दिन शानदार कमाई गरेको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका हुन् ।
बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार सिंघम अगेनले पहिलो दिन ४३ करोड ७० लाख कमाई गरेको छ भने भुल भुलैया-३ ले ३६ करोड ६० लाख कमाई गरेको छ ।
त्यस्तै सिंघम अगेन अजय देवगनको क्यारियरमा रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । उनको यसअघि रिलिज भएको सिंघम रिटर्नले पहिलो दिन ३२.०९ करोड कमाई गरेको थियो ।
त्यसैगरी भुल भुलैया-३ कार्तिक आर्यनका फिल्मले रिलिजको पहिलो दिन गरेको यो अहिलेसम्मकै उच्च कमाई हो । यस अघि उनको भुल भुलैया-२ ले पहिलो दिन १४.११ करोड कमाई गरेको थियो ।
सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया-३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।
‘पूर्णबहादुरको सारंगी’ले दश दिनसम्म कमायो १८ करोड
फिल्म ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्सअफिसमा प्रदर्शनको दशौं दिनसम्म १७ करोड ९८ लाख ग्रसको ब्यापार गरेको छ । वितरण कम्पनी ब्यांकटेस
चलचित्र ‘ह्रस्व-दीर्घ’ कात्तिक ३० देखि प्रदर्शन हुने
सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। सोमबार धनगढीमा
अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु
अमेरिकामा रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि खुसीको खबर छ। अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न
प्रतिकृया दिनुहोस