इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा

२०८१ कार्तिक १० शनिबार

इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

 

तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

विज्ञप्तीमा इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफूहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । अक्टोबर १ मा इरानले एक सय ८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।

 

यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ । इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका ठाउँमा सामान्य क्षति भएको बताएको छ । इजरायल इरानसँगै गजामा हमास र लेबनानमा हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी

रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक

दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ

अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, ट्रम्पको अग्रता

अमेरिकाको केही राज्यमा  राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू