कसैलाई छुँदा किन लाग्छ करेन्ट ?

२०८१ कार्तिक १० शनिबार

कहिलेकाहीँ जब तपाईं कुनै व्यक्तिलाई छुनुहुन्छ, करेन्टको झट्का लागे जस्तो महसुस हुन्छ वा सुईले घोचेको जस्तो अनुभव हुन्छ । यस्ता दृश्य फिल्महरूमा पुनर्जन्म र पुनर्मिलनसँग जोडिएको हुन्छ तर, के वास्तविक जीवनमा पनि यी कुरासँग रहस्य जोडिएको छ ? तपाईंलाई पनि यस्ता प्रश्न मनमा लागेको हुन सक्छ । त्यसैले आज यसको पछाडिको कारण के हो जानौँ ।

 

वास्तवमा एक व्यक्तिले अर्को व्यक्तिलाई छुँदा लाग्ने करेन्ट कुनै पुनर्जन्म वा पुनर्मिलनसँग जोडिएको हुँदैन । यसमा एक वैज्ञानिक कारण छ । संसारको हरेक चीज एटमबाट बनेको छ । जसमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ । विज्ञानकाअनुसार हाम्रो शरीरमा पनि इलेक्ट्रोन र प्रोटोन पाइन्छ । इलेक्ट्रोनमा नेगेटिभ चार्ज हुन्छ, जबकि प्रोटोनमा पोजेटिभ चार्ज ।

 

धेरैजसो समय हाम्रो शरीरमा इलेक्ट्रोन र प्रोटोन बराबर हुन्छ, तर कहिलेकाहीँ यी अनियन्त्रित वा असन्तुलित हुन्छ । यस अवस्थामा शरीरमा भएका इलेक्ट्रोनमा धेरै हलचल उत्पन्न हुन्छ । विज्ञानकाअनुसार जब कुनै चीजमा (चाहे त्यो कुनै मानिस नै किन नहोस्) इलेक्ट्रोनको संख्या बढ्छ, त्यसमा नेगेटिभ चार्ज पनि बढ्छ ।

 

यस अवस्थामा यी नेगेटिभ इलेक्ट्रोनले कुनै व्यक्ति वा वस्तुमा भएका पोजेटिभ इलेक्ट्रोनलाई आफूतिर आकर्षित गर्छ ।वैज्ञानिककाअनुसार जुन बेला नेगेटिभ इलेक्ट्रोनले पोजेटिभ इलेक्ट्रोनलाई आफूतिर आकर्षित गर्छ, त्यस बेला हामीले कुनै व्यक्ति वा वस्तुलाई छोयौँ भने करेन्ट लागे जस्तो महसुस हुन्छ । यसलाई स्ट्याटिक एनर्जी पनि भनिन्छ ।

 

धेरै यस्ता वस्तुहरू छन्, जो खराब इन्सुलेटिङ मटरियलको श्रेणीमा पर्छ, जस्तै- ऊनीको कपडा । जाडो याममा धेरै पटक करेन्टको अनुभव हुनुको पछाडि यो पनि एउटा कारण हो । यसबाहेक नाइलन, पोलिएस्टर, जनावरको रौँ र मानिसको कपाल पनि खराब इन्सुलेटिङ मटरियल हुन्, जसलाई छुँदा करेन्टको अनुभव हुन सक्छ ।

प्रतिकृया दिनुहोस

हराएको फोन कसरी फेला पार्ने ?

हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन

यात्रुले आपतकालीन ढोका खोलेपछि...

एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर