रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी
रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।
यी देशको सिमाना रुस र युक्रेनसँग जोडिएको छ । युक्रेनमा आणविक हमला भएमा यी देश प्रभावित हुन सक्छन् । नर्वेले आफ्ना नागरिकहरूलाई युद्धको चेतावनी दिने पर्चाहरू वितरण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
स्वीडेनले पनि आफ्ना ५२ लाखभन्दा बढी नागरिकलाई पर्चा पठाएको छ । उनले आणविक युद्धका बेला विकिरणबाट जोगाउन प्रयोग हुने आयोडिन ट्याब्लेटहरू राख्न निर्देशन दिएका छन्।
यसैबीच अमेरिकाले बुधबार युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको छ । अमेरिकाको स्टेट काउन्सिलर डिपार्टमेन्टले मंगलबार राति यो घोषणा गरेको हो ।
दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । यससँगै युक्रेनमा बसोबास गर्ने अमेरिकी यात्रुहरूलाई पनि सावधानी अपनाउन भनिएको छ र कुनै खतरा भएमा सुरक्षित स्थानमा जान तयार रहन पनि सुझाव दिइएको छ ।
बाइडेन प्रशासनले तीन दिनअघि युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो। त्यसयता दुई देशबीच तनाव बढेको छ ।
दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू
वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ
अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, ट्रम्पको अग्रता
अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू
गाजामा पोलियो खोप अभियान पुन: सुरु
उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
प्रतिकृया दिनुहोस