गाजामा पोलियो खोप अभियान पुन: सुरु

२०८१ कार्तिक १७ शनिबार

उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

 

डब्लुएचओ र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले जारी गरेको संयुक्त विज्ञप्तिका अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भए पछि अभियान स्थगित  भएको थियो ।

 

हाल अभियान सञ्चालनका लागि आवश्यक तयारी सुनिश्चित गर्दै सुरु गरेको जनाइएको छ । गाजामा गत सेप्टेम्बर मा सञ्चालन गरिएको खोपको पहिलो चरणको तुलनामा अभियानको क्षेत्र घटाइ हाललाई गाजा सहरमा मात्र सीमित रहेको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

जबालिया, बेत लाहिया र बेत हानुनलगायतका गाजाका सहरहरूमा दस वर्ष मुनिका करिब  १५ हजार दुर्गम बालबालिकाहरू अभियानबाट छुटेका छन् । पोलिओ भाइरसको सङ्क्रमण रोक्न प्रत्येक समुदाय र छिमेकका कम्तिमा ९० प्रतिशत बालबालिकाले खोप लगाउनु पर्ने आवश्यकता रहेको जनाइएको छ ।   

 

गाजाका बालबालिकामा पहुँचको अभाव भए पनि गाजाका लागि पोलियो प्राविधिक समितिले अभियान पुन: सुरु गर्ने निर्णय गरेको छ । यसको उद्देश्य पोलियो खोप सकेसम्म धेरै बच्चाहरूसम्म पुगाई जोखिमलाई कम गर्नु र गाजाका अन्य भागबाट गाजा शहरमा आएकाहरुलाई खोप लगाउने अवसर प्रदान गर्नु रहेको जनाइएको छ ।

 

अभियानले मध्य र दक्षिणी गाजामा दोस्रो चरणको पहिलो दुई चरणहरूको सफल कार्यान्वयन गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, ट्रम्पको अग्रता

अमेरिकाको केही राज्यमा  राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू

इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा

इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको

भारतमा सामुद्रिक आँधीको सामना गर्न तयारी तिब्र, तीन दिनका लागि विद्यालय बन्द

भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा दाना नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तिब्र बनाएको छ । आज भारतीय वायु सेनाका दुई