चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

२०८१ कार्तिक ६ मंगलबार

फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले प्रिमियर भएको फिल्म नेपालमा भने ‘राजागन्ज’को नामबाट प्रदर्शन हुन लागेको हो ।

 

फिल्मको निर्माता रामबाबु गुरुङ, दयाहाङ राई र बलिउड निर्माता निर्देशक अनुराग कश्यप हुन् । फिल्मलाई टी फेक्स र ब्याङ्कटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा वितरण गर्न लागेका हुन् । 

 

फिल्मको निर्देशन दीपक रौनियारले गरेका हुन् । रौनियारले यसअघि ‘हाइवे’ र ‘हइट सन्’ निर्देशन गरेका थिए । 

 

थ्रिलर कथामा निर्माण भएको फिल्ममा महिला कलाकारमा आशा मगराती, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, रिकु गायत्री झा र पुरुष कलाकारमा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा र परमेश्वर झाको अभिनय रहेको छ ।

 

फिल्म आर्ट र कमर्सको उत्कृष्ट संगम रहेको अभिनेता दयाहाङ राई बताउँछन् ।

प्रतिकृया दिनुहोस

बाहुबलीको तेस्रो सिरिज बन्ने !

भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।   मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले