रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज
बेलौरी - ४ कञ्चनपुर
परिचय,
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका - ४ बेलौरी बजारमा सञ्चालित रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज एक मात्र पहिलो रेडियो स्टेशन हो । सदरमुकाम महेन्द्रनगर बाट दक्षिणतर्फ करिब ४५/५० किलो मिटर टाढा रहेको र भौगोलिक हिसाबले ठुलाे क्षेत्रका रुपमा जिल्लाको यस दक्षिणी क्षेत्रलाई दर्शाउन सकिन्छ ।
पूर्वमा धनगढी, पश्चिममा भारत उत्तरमा महेन्द्रनगर र दक्षिणमा पनि भारतको मध्यकेन्द्र बिन्दुमा सञ्चालित एउटै एफएम स्टेशन रेडियो सुदूर सञ्चार हो ।,
विकासका पूर्वाधारहरुमा शब्दको गुलेली हान्दै दैनिक विषेश वहस, छलफल र निष्कर्षमा जोड दिने हाम्रो उद्देश्य हाे । भने- कुकार्य, कुरिती,असुरक्षा, हत्या, हिसां चेलिबेटि बेचविखन, भ्रष्टाचार, ठगदारहरुमा धारिलो प्रहार साथै विकृती हटाई भव्य र सव्य समुन्नत समाज निर्माण गर्ने हाम्राे लक्ष्य रहेको छ ।
साथै छुटेका आवाज र चपेटामा पारिएका समस्याहरु लाई गुलन्द पार्ने हाम्राेे कर्तव्य हाेे । हामी हाम्राेे काम, कर्तव्य, पेसा प्रति उत्तरदायी छाैं र रहने छौं ।
कञ्चनपुर मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो सुदूर सञ्चारले नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयबाट २०७० वैशाख २४ गते प्रशारणको अनुमति पाएको हो ।
रेडियो सुदूर सञ्चारले २०७० भाद्र ५ गते पूर्णिमाको दिन परिक्षण प्रसारण सुरु भयो । भने परिक्षण प्रसारण संगै ७ दिने वृृृहत् भजन संगित कार्यक्रम सञ्चालन गरिएको थियाे । साथै नियमित प्रसारण २०७० असोज १ गते बाट औपचारिक रुपमा सुरु भयो । भने रेडियो हरेक दिन विहान ५ः०० देखि राति ११ः०० बजे सम्म नियमितरूपमा प्रसारण भइरहेको छ ।
लक्ष्य र उद्देश्य
– समाज रुपान्तरण र दिगो विकासका लागी - विशेष बहस, छलफल र निष्कर्षमा जोड दिने प्रयास ।
– भ्रष्टाचार , कुकार्य, कुरिती, असुरक्षा, हत्या, हिंसा जस्ता विकृती हटाई भव्य सव्य र समुन्नत समाज निर्माण का लागी बुलन्द आवाज उठाउने ।
– नागरिकलाई सूचनाको हक बाट विमुख नराख्ने ।
– चेलिवेटि बेचविखन, मानव अधिकार हनन् र अन्यायमा परेका वर्ग लिङ्ग र समुदायलाई न्यायका लागि दिशानिर्देश गर्ने गराउने ।
– सीमा सुरक्षामा विशेष निगरानी, जनताको असली सूचक, समयको सूचना समयमै, साथमा संगीतमय मनोरञ्जन ।
– प्रहरीहरुको प्रहरी
"सुदूरपश्चिम को असली पहरेदार" रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज ।
कार्यक्रम र स्रोता
– बिषेश गरी खबर र बहस मुलक कार्यक्रमहरु साथमा वहुभाषी आवाजहरुमा विभिन्न सुचना,सन्देश ।
– समस्या , समुदाय र लक्षितवर्ग लाई समेटिने कार्यक्रम ।
–कञ्चनपुर, कैलाली, डाेटी, डडेल्धुरा र आसपासका क्षेत्र लगायत समाजिक सञ्जाल फेसबुक मार्फत अडियो भिडियो सहित ताजा खबर संसारभर ।
Online - www.radiosudursanchar.com.np मार्फत विश्वभर एकसाथ सुन्न सकिने व्यवस्था समेत रहेको सुदूर पश्चिमकाे विश्वासिलो सञ्चार माध्यम हाे रेडियो सदूर सञ्चार ।,
कार्यक्रम र विज्ञापन
ढुक्क हुनुहोस, व्यवसायिक प्रमोसनका लागी सुदूर पश्चिमको सबै भन्दा फरक र सुरक्षित माध्यम हो रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्ज, तपाई आफ्नो व्यवसायमा व्यस्त,मस्त र स्वस्थ रहनुहोेस तपाईको व्यापार–व्यवसायलाई सुदूर पश्चिमलगायत विश्वभर इन्टरनेट मार्फत फैलाउने र चिनाउने जिम्मा हाम्रो, हामी संगको सहकार्य पछि हजुर, तपाई भन्नुहोस..? राम्रो कि नराम्रो, रेडियो सुदूरसञ्चार हाम्रो ?
विज्ञापन र प्रसारण सम्बन्धी
विज्ञापनदाता संग लिखित सहमति पछि मात्रै विज्ञापन प्रसारण शुरु हुन्छ । विज्ञापन प्रसारण बाफत जम्मा हुन आउने रकम अग्रीम भुत्तानी गर्नु पर्ने छ । करार अवधि भित्रै विज्ञापन प्रसारण रोक्नु परेमा विज्ञापन दाताले रेडियो सुदुर सञ्चारलाई लिखित जानकारी गराउनु पर्नेछ । त्यस पछि मात्र विज्ञापन रोकिन सक्छ ।
रेडियो सुदुर सञ्चारले आफ्नो स्टुडियोमा उत्पादन गरेको कुनै पनि विज्ञापन अनुमतिविना कहि कतै लिन र प्रसारण गर्न पाईने छैन । प्रतिस्पर्धात्मक बजारमा हाम्रो छुुट्टै सान, पहिचान र स्थान छ ।
होच्याउने समाजमा नकारात्मक प्रभाव पार्ने, भ्रम फैलाउने , राष्ट्र राष्ट्रियता र आम नागरिकलाई आघात पुग्ने गरि तयार पारिएका वा पारिने कुनै पनि सामग्री रेडियो सुदूर सञ्चार बाट उत्पादन, सम्पादन, प्रकाशन एवम् प्रसारण हुने छैन ।
Ph - 099580054 & 099-580193
website - www.radiosudursanchar.com.np
Email - 100.4rss@gmail.com
Mobile - 9851018542
" न पक्ष न विपक्ष, सधैं निश्पक्ष "
धन्यवाद ।