विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक
कञ्चनपुर -
गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौ चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ’, गृहमन्त्री लेखकको भनाइ छ ।
लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै जनताको विश्वास र भरोसा जगाउनु पर्नेमा जोड दिए । जनताको भरोस जगाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले स्थानीय सरकारले सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए ।
‘हाँसेर बोल्दिनुस् आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ । सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्’, उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ । यो सरकार देशमा स्थिरता र सुशासन कायम राख्न बनेको हो ।’
संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला
बैतडी - नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना
कञ्चनपुर : लागूऔषध चरेशसहित ७७ वर्षीय वृद्ध पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा ७७ वर्षीय वृद्ध चरेशसहित पक्राउ परेका छन् । जिल्लाकोभीमदत्त नगरपालिका-५ वनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरा लागूऔषध
डेरीले किसानदेखि बेरोजगार युवासम्मै समेटेको छ : कृषिमन्त्री पातल
धनसिह धामी / कञ्चनपुर - कञ्चनपुरको एक डेरी उद्योगले नयाँ वस्तु उत्पादन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको पाठक डेरी ईण्डष्ट्रिजले
प्रतिकृया दिनुहोस