रास्वपाले उपचुनावका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी

२०८१ कार्तिक २२ बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सात जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ ।

 

केन्द्रीय निर्वाचन संयोजक समितिको आज बसेको बैठकले सात वटै प्रदेशमा जिम्मेवारी तोकेको हो । कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई दिइएको रास्वपाले जनाएको छ ।

 

यस्तै मधेश प्रदेशमा सांसद डा. चन्दा कार्की, बाग्मतीमा सांसद शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।    राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना

सुदूरपश्चिममा उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसबाट साउँदलाई जिम्मेवारी

नेपाली कांग्रेसका नेता एनपी साउँदलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न सुदूरपश्चिमका लागि जिम्मेवारी दिइएको

सुदूरपश्चिमका पालिका तहका ६ रिक्त पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका ६ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका