अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु
अमेरिकामा रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि खुसीको खबर छ। अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ।
टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो चलचित्रको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ । अब यो चलचित्र कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए ।
यसअघि अक्टोबर ३ नेपालसँगै मा क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।
नेपाल र अमेरिकामा यो चलचित्रलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। यस चलचित्रको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।
सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रमा निश्चल र स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मी लगायतले अभिनय गरेका छन्।
‘ह्रस्व दीर्घ’ले पाँच दिनमा कमायो तीन करोड ६५ लाख
नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत छ । आजसम्मको बक्स अफिस अकडा हेर्दा हलमा दर्शकहरुको उपस्थिति मध्यम रहेको
‘पूर्णबहादुरको सारंगी’ले १७ दिनमा कमायो ३४ करोड ३६ लाख
‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनसम्म देशब्यापी ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म
‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख
प्रतिकृया दिनुहोस