पूर्वमन्त्री दीपक मनाङे कारागार चलान
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे कारागार चलान भएका छन् ।
आज काठमाण्डौको सानो भर्याङबाट पक्राउ परेका मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतमा उपस्थित गराएपछि फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।
मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब दुई वर्ष चार महिना एक दिन कारागारमा बस्नुपर्ने छ । मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।
४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा
सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान
प्रतिकृया दिनुहोस