संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला
बैतडी -
नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् । सामरिक महत्वका दृष्टिले प्रसिद्ध मानिएको शर्मालीगढी किल्ला संरक्षण गर्ने उद्देश्यले डिपिआर बने पनि बजेट विनियोजन नगरिँदा काम अघि बढ्न नसकेको हो । बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धका बेला निर्माण भएको थियो । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको बताइन्छ ।
किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार वर्षअघि डिपिआर तयार गरेर पर्यटन मन्त्रालय र पुरातत्व विभागमा पेस गरे पनि बजेट नआउँदा संरक्षणको काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए। डिपिआरमा किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न योजना बनाइएको छ । किल्लाको मौलिकता जे जस्तो हो त्यही स्वरूपमा पुनर्निर्माण गर्न करिब चार करोड रुपियाँको लागतमा डिपिआर तयार भएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए।
उनले भने, “शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जीर्ण बनेर भत्केपछि किल्लाका ढुङ्गा छरपस्ट अवस्थामा छन् । किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाइमा किल्लासम्म पुग्ने २६३ मिटर बाटो बनाइए पनि किल्ला पुनर्निर्माण गर्न बजेट नै आउँदैन ।” समुद्री सतहबाट १४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक
कञ्चनपुर - गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत
कञ्चनपुर : लागूऔषध चरेशसहित ७७ वर्षीय वृद्ध पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा ७७ वर्षीय वृद्ध चरेशसहित पक्राउ परेका छन् । जिल्लाकोभीमदत्त नगरपालिका-५ वनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरा लागूऔषध
डेरीले किसानदेखि बेरोजगार युवासम्मै समेटेको छ : कृषिमन्त्री पातल
धनसिह धामी / कञ्चनपुर - कञ्चनपुरको एक डेरी उद्योगले नयाँ वस्तु उत्पादन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको पाठक डेरी ईण्डष्ट्रिजले
प्रतिकृया दिनुहोस