डेरीले किसानदेखि बेरोजगार युवासम्मै समेटेको छ : कृषिमन्त्री पातल

२०८१ मङ्सिर ५ बुधबार

धनसिह धामी / कञ्चनपुर -


कञ्चनपुरको एक डेरी उद्योगले नयाँ वस्तु उत्पादन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको पाठक डेरी ईण्डष्ट्रिजले मोजरेल्लाचीज नयाँ वस्तु उत्पादन गरेको हो । 


पाठक डेरी ईण्डष्ट्रिजका संचालक प्रेम प्रकास पाठकले झण्डै २ करोड लागतमा आधुनिक मेसिन ल्याएर मोजरेल्लाचीज उत्पादन गरेको बताए । दुध प्रशोधन सहित मोजरेल्लाचीजका लागि मेसिन खरिद गर्न सुदूरपश्चिम प्रदेश सरकारले समेत अनुदान दिएको उनले बताए । उनका अनुसार १करोड ७०लाख आफ्नो निजी र ३०लाख प्रदेश सरकारको लगानीमा मेसिन खरिद गरिएको बताए । उनका अनुसार तीन मेसिन खरिद गरिएका छन् । 

 

‘मलाई डेरी व्यवसाय गर्न लागेको २० बर्ष भयो, दुध, दही, मख्खन बेच्नमै सिमित भईयो, ‘उनले भने, ‘बजारको माग अनुरुप मैले नयाँ बस्तु उत्पादनका लागि मेसिन ल्याएको हुँ ।’ 
२ हजार लिटर दुधबाट २ सय किलो मोजरेल्लाचीज उत्पादन हुने र प्रतिकिलो ८सय ५०रुपैयाका दरले बिक्रि भईरहेको बताए । 
‘अहिले उत्पादन भएको मोरेल्लाचीज सिधै काठमाण्डौँ आपूर्ति गरिरहेको छु, ‘उनले भने, ‘बजारको माग अनुरुप आपूर्ति गर्न सकेको छैन ।’  उनले आफ्नो उद्योगबाट सरकारले सहयोग गरेपछि डेरी व्यवसायी बृद्धि विकासमा टेवा पुगेको बताए । पिज्जा सहितका खाने परिकारमा उक्त मोजरेल्ला चीज प्रंयोग हुने गरेको छ । 


दुधबाट उत्पादन हुने उक्त मोजरेल्लाचीज सुदूरपश्चिम प्रदेश तथा नेपालकै नयाँ बस्तु उत्पादन भईरहेको सरोकारवालाले जनाएका छन् । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल)ले पाठक डेरी कृषि उद्योगतर्फ नयाँ कामको शुरुवात गरेको बताए । ‘यो एक प्रकारको कृषिमा क्रान्ति नै हो, ‘मन्त्री थापाले भने, ‘कृषिसंग प्रविधीलाई जोडेर बजारको माग अनुरुप नयाँ बस्तु उत्पादन गरेको छ, त्यसबाट किसानदेखि, रोजगार बजारसम्मै अर्थतन्त्र चलायमान हुनेछ ।’ सुदूरपश्चिमको आर्थिक विकासका लागि टेवा पुग्ने मन्त्रीको भनार्ई छ ।कृषि मन्त्रालयले युवा लक्षित कार्यक्रम गरेर युवालाई स्वदेशकै बस्तु तथा सेवा उत्पादनदेखिका कार्यक्रममा जोड्नका लागि कृषि ऋण, डेरी प्रर्बद्धन, कृषि एम्बुलेन्स सहितका कार्यक्रम अघि बढाएको बताए । सुप प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पानसिह ठगुन्नाले गत आर्थिक बर्ष ०८०÷०८१मा पाठक डेरीले मुजरेल्ला चीज उत्पादन गर्न मेसिन खरिदका लागि अनुदान पाएको बताए ।

 

निर्देशक ठगुन्नाले विगतका वर्षहरुमा कञ्चनपुरमै पनि दुध, मासुका लागि भारतबाट नेपालमा वस्तु निर्यात हुने दृष्ट्रान्त प्रस्तुत गर्दैै अहिले कञ्चनपुरमा डेरीतर्फ थुप्रै विकास भएको बताए । ‘बजारको माग अनुरुप हामीले बस्तु उत्पादन गर्न नसक्दा समस्यामा पर्ने गरेका छौँ, ‘उनले भने, ‘पाठक डेरीले समय सापेक्ष अनुरुप बस्तु उत्पाद गरेको छ ।’ निर्देशक ठगुन्नाले नेपालका पशुपन्छीमा खोरेत रोगका कारण अन्र्तराष्ट्रिय स्तरमा नेपालको पशुजन्य बस्तु निर्यात गर्न नसकेको बताउदै खोरेत रोग नियन्त्रण गरेर नेपाल थप कृषि बस्तु निर्यातमा आत्मनिर्भर बन्ने बताए ।

 

उनले सुप प्रदेशका एक बधशाला निर्माण गरेर ढुवानी खर्च बचाउने बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम खडकाले पाठक डेरीको नयाँ बस्तु बजारमा गएसंगै ऐतिहासिक पशु सेवा तर्फ क्रान्ति भएको बताए । उनले पाठक डेरीले २२ हजार लिटर दुध खरिद गरेर हजारौँ किसानलाई बर्षिक ८ करोड भुक्तानी गर्ने कारोबारबाट समेत कृषि तर्फ थप फड्को मारेको बताए । पाठक डेरीले दर्जनौँ युवाहरुलाई रोजगारी समेत दिएको छ । 

 

प्रतिकृया दिनुहोस

संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला

बैतडी -   नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

कञ्चनपुर -   गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत

कञ्चनपुर : लागूऔषध चरेशसहित ७७ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर -   कञ्चनपुरमा ७७ वर्षीय वृद्ध चरेशसहित पक्राउ परेका छन् । जिल्लाकोभीमदत्त नगरपालिका-५ वनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरा लागूऔषध