सानै उमेरमा कपाल फुल्ने कारण र घरेलु उपचार विधि
बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने र फुल्ने समस्याबाट ग्रसित छन् । सामान्य अर्थमा कपाल फुले बुढ्यौली लाग्यो भनेर बुझिन्छ । तर आजकल कपाल सेतो हुदैमा मानिस बुढो हुदैन । आजभोलि कम उमेरमै कपाल फुल्नु धेरैको साझा समस्या हो ।
पुरुषमा पहिला देखिने सेतो कपाल कन्चट र महिलाहरुमा टाउकोको दायाबायाँ हुन्छ । कपाल झर्नबाट जोगाउन र उमेरमा नै फुलेको कपाल कालो बनाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्याउन सक्छ । वर्तमान समयमा कपालमा विभिन्न प्रकारका समस्याहरूले जन्म लिइरहेका छन् । कुनै प्रकारका सङ्क्रमण बढी रसायनयुक्त खानाको प्रयोग, अप्रमाणित स्याम्पुको प्रयोग आदि जस्ता विभिन्न कारणहरूले कपालमा अनेक रोगहरू उत्पन्न हुन्छन् ।
कपाल सानै उमेरमा फुल्ने कारणहरु हुनसक्छ :
१. सानै उमेरमा कपाल फुल्नुमा पोषणको कमी हुन सक्छ ।
२.भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ ।
३. शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ ।
४. अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न सक्छ ।
५.रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ ।
६ .पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्दछ ।
७. मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ ।
८.जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्दछ ।
९ .मानसिक तनाव अर्थात डिप्रेसनका कारणले पनि चाडैँ कपाल सेतो हुन सक्छ ।
कपाल फुल्ने समस्याबाट छुटकारा पाउन घरेलु उपचार विधि
– समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
– इन्द्रायणको बिउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
– हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।
– शरदऋतुको समयमा छ भने हरियो अमला टिपेर १०र१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २र३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।
– ताजा ओखरलाई दूधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
कपाल फुलेको खासै कुनै उपचार हुँदैन । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम हुनसक्छ । साथै कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।
त्यस्तै भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तक
दाँत र गिजामा आउने समस्याबाट बच्न के गर्ने ?
नेपालीहरूमा दाँतमा कीरा लाग्ने र गिजाको समस्या बढी देखिन्छ । दाँतको समयमा हेरचाह नगर्दा विभिन्न समस्या देखा पर्ने गरेका छन् । दाँतका कारण मुखको रोग
१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ। क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म
गर्भ बसेको पहिलो महिना कस्तो हुन्छ ?
गर्भ बसेको पहिलो महिना गर्भवती महिलाका लागि अनौठौं र नयाँ अनुभव हुने समय हो । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा पनि कमजोर महसुस
प्रतिकृया दिनुहोस