‘पूर्णबहादुरको सारंगी’ले १७ दिनमा कमायो ३४ करोड ३६ लाख

२०८१ मङ्सिर २ आइतबार

‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनसम्म देशब्यापी ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

 

जसअनुसार, शुक्रबार २ करोड ६ लाख ग्रस र शनिबार २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले १५ दिन (तेस्रो विहिबारसम्म) २९ करोड ३५ लाख ग्रस कमाइ गरेको थियो ।

 

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

 

फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।

प्रतिकृया दिनुहोस

‘ह्रस्व दीर्घ’ले पाँच दिनमा कमायो तीन करोड ६५ लाख

नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत छ । आजसम्मको बक्स अफिस अकडा हेर्दा हलमा दर्शकहरुको उपस्थिति मध्यम रहेको

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख

‘पूर्णबहादुरको सारंगी’ले दश दिनसम्म कमायो १८ करोड

फिल्म ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्सअफिसमा प्रदर्शनको दशौं दिनसम्म १७ करोड ९८ लाख ग्रसको ब्यापार गरेको छ । वितरण कम्पनी ब्यांकटेस