सुदूरपश्चिममा उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसबाट साउँदलाई जिम्मेवारी
नेपाली कांग्रेसका नेता एनपी साउँदलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न सुदूरपश्चिमका लागि जिम्मेवारी दिइएको छ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सुदूरपश्चिमका लागि प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साउँदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।
कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ। कांग्रेसले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ। सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका ६ पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो। यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन हुँदैछ।
डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो। बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५ मा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्षको निधन भएको थियो। उपनिर्वाचनका लागि सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ।
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना
रास्वपाले उपचुनावका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सात जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ । केन्द्रीय
सुदूरपश्चिमका पालिका तहका ६ रिक्त पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका ६ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका
प्रतिकृया दिनुहोस