आज उपनिर्वाचनको लागि मनोनयन दर्ता गरिदै

२०८१ मङ्सिर २ आइतबार

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता गरिदै छ । मनोनय दर्ताको लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकिएको छ । मनोनय दर्ताका लागि सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका छन । निर्वाचन आयोगका अनुसार मनोनय दर्ता पछिसाँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ । मङ्सिर ५ गते उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

 

मंङ्सिर ५ गते नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । सुदूरपश्चिममा कैलालीका जिल्ला समन्वय समिति प्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यस्तै बझाङको सुर्मा गाउँपालिका –४, डोटीको पूर्वीचौकी गाउँपालिका – ६, दार्चुलाको दुहुँ गाउँपालिका – ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

 

देशभर जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक-एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

पालिका उपचुनाव : आज उम्मेदवारको विरोधमा उजुरी, भोलि नामावली प्रकाशन

यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको

पालिका उपचुनाव : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको

स्वदेश फर्किए रास्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी