सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

२०८१ असार ३ आइतबार

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।

 

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले  प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

 

चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।

 

स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा ओलम्पिक दिवस मनाईयो

कञ्चनपुर- कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाईएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा ¥याली सहित ओलम्पिक दिवस मनाईएको हो  ।   ओलम्पियन डम्बर दत्त

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्युु,एक जना गम्भीर

कैलाली-   कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा

बेलाैरी नगरपालिकाको १३औं नगरसभा : दमकल ल्याउने याेजना पारित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले