ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्युु

२०८१ असार ९ शनिबार

कञ्चनपुर-

 

कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु रहेका छन्।

 

शुक्रबार  राति १०:३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

 

दुर्घटनामा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएको थियो।

 

अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। सो घटनामा मोटरसाइकलमा पछाडि सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाइते भएका छन्।

 

उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

घटनापछि  ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक बेलौरी नगरपालिका–६ बस्ने २४ वर्षीय रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

खैरो हेरोईनसहित युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु

कञ्चनपुर-   कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।   जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश

बेलडाँडीको बजेट ५३ करोड १६ लाख

बेलडाँडी,कञ्चनपुर-   बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।   गाउँसभामा अध्यक्ष