उच्च शिक्षाका लागि गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति : मेयर पाेतीलाल चाैधरी

२०८१ असार ७ बिहीबार

बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुरकाे बेलौरी नगरपालिकाले ग्रामीण भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण गरेको छ । 

 

बिहीबार पालिकाले नगर स्तरीय छात्रवृत्ति कार्यक्रम अन्तरगत दुई क्याम्पसमा अध्ययनरत सहित जिल्ला बाह्य प्राविधिक एवम् उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हाे ।,

 

बेलौरी नगरपालिका छात्रवृत्ति फोकल प्रशन रेशम चौधरीले चालू आर्थिक बर्ष ०८०/०८१ मा बेलौरी नगरमा घर भई जिल्ला बाहिरका क्याम्पसमा अध्ययनरत एवम् स्थानीय स्तरमै रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीको अध्ययन सहजताका लागि छात्रबृति वितरण गरेको बताए ।,

 

फोकल प्रशन चौधरीले भने- बेलौरीका स्थानीय दुई क्याम्पस महाकाली र रामपुर बहुमुखी क्याम्पसका विद्यार्थी सहित नगर बाहिर उच्च शिक्षा, प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रबृति वितरण गरिएको हाे ।,

 

उनका अनुसार रामपुर बहुमुखी क्याम्पसमा अध्ययनरत १४, महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६५, दलित विद्यार्थी मात्रै ३८ र उच्च शिक्षाका लागि नगर बाहिर रहेका प्राविधिक धार तर्फका ८१ जना विद्यार्थीलाई जनही १० र १५ हजारका दरले २० लाख ५ हजार रुपैया छात्रबृति वितरण गरिएको छ ।

 

जेहेन्दार, गरिब, विपन्न, आदिवासी, जनजाती, दलित, मुक्त कमैया, हलिया, द्वन्द्वपीडित सहितका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले जनाए ।

 

‘प्राविधिक धार तर्फका विद्यार्थीलाई जनही १५ हजार र साधारण तर्फ जनही १० हजारका दरले हामीले छात्रबृति वितरण गरेका छौँ, ‘उनले भने, ‘यस बर्ष १ सय ९८ जना विद्यार्थीलाई वितरण गरेका छौँ ।’

 

मेयर चौधरीले स्थानीय विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहजताका लागि पालिकाबाट नगद छात्रवृत्ति वितरण गरिदै आएको बताए ।

 

मेयर चौधरीले स्थानीय एवम् बाह्य क्षेत्रमा उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको पढाईमा टेवा पु¥याउने उदेश्यले पालिकाले छात्रबृति कार्यक्रम ल्याएको हाे । उनले भने, - अध्ययनका क्रममा आईपर्ने समस्या समाधानका लागि पालिका सरकारले अभिभावकत्व बहन गरिरहेको छ ।,

 

उता, बेलाैरी नगरपालिकाबाट छात्रवृत्ति पाएपछि विद्यार्थी हर्षित भएका छन् । अध्ययनका सिलसिलामा शैक्षिक सामग्री खरिद गर्नकै लागि भएपनि छात्रवृत्तिले केही सहजता हुने विद्यार्थीहरुको भनाई छ ।,

प्रतिकृया दिनुहोस

खैरो हेरोईनसहित युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु

कञ्चनपुर-   कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।   जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश

बेलडाँडीको बजेट ५३ करोड १६ लाख

बेलडाँडी,कञ्चनपुर-   बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।   गाउँसभामा अध्यक्ष