नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई

२०८१ असार ९ आइतबार

नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

 

हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् ।

 

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले पाँच लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए ।

 

नेपाल आइडलको पाँचौँ संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।

प्रतिकृया दिनुहोस

चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले

बाहुबलीको तेस्रो सिरिज बन्ने !

भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।   मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन