‘छाउपडी प्रथाले महिला असुरक्षित’

२०८१ असार १० आइतबार

राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

 

राष्ट्रियसभा बैठकको आइतबार विशेष समयमा सांसद रेणु चन्दले छाउपडी प्रथाले समाजिकरुपमा विकृति पैmलाएको र महिलामाथि विभेद भइरहेको बताइन् । छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी र नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकामा उनले आपत्ति जनाइन् । 

 

“छाउपडीका बेला गोठमा बस्दा सर्पले टोकर मृत्यु भइरहेको छ, कतिपय बलात्कृत भएका छन्, विद्यालय जान सकिरहेका छैनन्”, सांसद चन्दले भनिन्, “यसरी मृत्युको मुखमा बसेर महिला कहिलेसम्म बस्नुपर्ने ? छाउपडी प्रथा उन्मूलनका लागि सरकारले पहल गर्नुपर्छ ।”

 

सांसद भगवती न्यौपानेले छाउपडी प्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिइन् । “बोक्सीको आरोपमा महिलालाई जिउँदै जलाइन्छ, बलात्कृत हुनुपरिरहेको छ, छाउपडी प्रथाका कारण महिला पीडित छन्”, उनले भनिन्, “दाइजोसँग महिलाको अस्तित्व साटिँदै छ, यस्ता हिंसा उन्मूलन गर्न सरकारले प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुपर्छ ।”

 

सांसद जयन्तीदेवी राईले अछामकी १६ वर्षीया किशोरी बलात्कृत भएको घटनाप्रति खेद प्रकट गर्दै त्यसतर्फ गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् । “पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकारले पहल गर्नुपर्छ”, उनले भनिन्, “महिलाले सधैँ हिंसा सहेर बाँच्नुपर्ने अवस्था छ, महिलालाई विभेदमुक्तरुपमा बाँच्न दिनुपर्छ ।” 

 

महिलामाथि जानीजानी अपमान भइरहेको उल्लेख गर्दै सांसद राईले छाउपडी प्रथा उन्मूलन भाषणमा मात्र सीमित  रहेको उल्लेख गरिन् । रासस

प्रतिकृया दिनुहोस

माओवादी संसदीय दलको बैठक बस्दै

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो

कांग्रेस संसदीय दलको बैठक आज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो

चुच्चे नक्सा क्षेत्रको सडकमा बजेट नदिएको विरोधमा रोष्ट्रममै मौन धारण

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको