नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्ग्लादेशका बलरमाथि आईसीसीको कारबाही

२०८१ असार ५ बुधबार

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्ग्लादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्ग्लादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ ।

 

यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

 

खेलको तेस्रो ओभरमा सकिबले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

 

खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन् । नेपाल आफ्नो अन्तिम खेलमा बङ्ग्लादेशसँग २१ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

नेपाल र ओमान बिचको खेल वर्षाका कारण रद्द

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने

साफ महिला च्याम्पियनशिपका लागि नेपालकाे प्रारम्भिक टोलीमा ४० जना खेलाडी

साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ ।   नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न