कञ्चनपुर : सशस्त्र प्रहरीको घेरामा शिकारी समुह

२०८१ मङ्सिर ५ बुधबार

कञ्चनपुर -

 

कञ्चनपुरको उत्तरी चुरे जंगलबाट हतियार सहित दुई युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी कालीगडा खोला चुरे जंगल क्षेत्रबाट दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।


सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति एसपी खगेन्द्र बहादुर चन्दले बुधबार बिहानपखको समयमा जंगलमा हतियार सहित अनावश्यक प्रवेस गरिरहेका १० जना मध्ये २ पक्राउ परेको बताए । 


सशस्त्र प्रहरीका एसपी चन्दका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी खल्ला)का इन्चार्ज सशस्त्रप्रहरी नायब निरीक्षक भरत कुँवर नेतृत्वको गस्ती टोलीले दुई युवक सहित उनीहरुको साथबाट हतियार बरामद गरिएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ टुँडिखेल ५३ बर्षका गगन तरामी र टुडिखेलकै ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक, २ प्याकेट बारुद, ३८ टुक्र्रा बन्दुका सिसा, २७ फलामका टुक्र्रा, १२ बन्दुको क्याप र २ थान कुखुरी बरामद गरिएको छ । सशस्त्र प्रहरी देखेर उक्त समुह भागेको थियो । 


सशस्त्र प्रहरीले उक्त समुह शिकारी समुह भएको जनाएको छ । बाँकी शिकारी समुहको पनि खोजि कार्य भईरहेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएका हतियार सहित दुई मानिसमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले उक्त विषयमा थप अनुसन्धान गरेर कार्बाही गर्ने बताए । हतियार सहित जंगल परेर बन्यजन्तु मार्ने योजना बनाएको फौजशैलीमा जंगल परेका शिकारी समुहको सशस्त्र प्रहरीले सपना तुहाईदिएपछि उनीहरुको विचल्ली भएको छ ।  कञ्चनपुरमा सशस्त्र प्रहरीले राजस्व चोरी तस्करी नियन्त्रणसंगै वन,बन्यजन्तु चोरी शिकारी नियन्त्रणमा कामकाज गरिरहेको छ । 

 

प्रतिकृया दिनुहोस

गैलनदीमा रामलीला महोत्सव शुरु, गृहमन्त्री लेखकद्वारा उद्घाटन

कञ्चनपुर -   कञ्चनपुरको उत्तरी क्षेत्र गैलनदी गाँउमा पहिलो पटक रामलीला महोत्सव संचालन भएको छ । बुधबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा रामलिला

संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला

बैतडी -   नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना

विकासमा राजनीति नगरौँ : गृहमन्त्री लेखक

कञ्चनपुर -   गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत