भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

२०८१ श्रावण ११ शुक्रबार

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् ।

 

प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो ।

 

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् ।

 

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ।

 

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो। मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !! ।

प्रतिकृया दिनुहोस

आज गणेश चतुर्थी मनाइँदै

भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।   यस

२१ औँ निजामती सेवा दिवस आज, यस वर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गएको तीन वर्षदेखि निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील  प्रशासन : विकास,

चेपाङ समुदायको छोनाम अर्थात न्वागी पर्व आज

चेपाङ समुदायले आज छोनाम अर्थात न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।