भारतीय नगर व्यापार मण्डल खजुरियाद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन

२०८१ भदौ १९ बुधबार

चन्द्रिका चाैधरी / बेलाैरी,कञ्चनपुर -

 

छिमेकी मित्रराष्ट्र भारत उत्तरप्रदेश खजुरिया बजारका व्यवसायीहरुले बेलौरी–खजुरिया मूल भन्सार नाका विस्तारको माग अघि सार्दै गृहमन्त्रीलाई अभिनन्दन सहितको ज्ञापन पत्र बुझाएका छन् ।

 

मंगलबार बेलौरी पुगेका गृहमन्त्री रमेश लेखकलाई भारतको उत्तरप्रदेशमा रहेको उत्तर प्रदेश नगर उद्योग व्यापार मण्डल (पञ्चीकृत लखनउ), भानपुरी खजुरिया(खिरी) का व्यवसायीहरुले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

Open photo

 

नगर व्यापार मण्डल खजुरियाका अध्यक्ष ऋषिकेश सिंह, कोषाध्यक्ष विनय गुप्ता र महामन्त्री प्रभु नाथद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल भारतको कारोबार बृद्धिका लागि यथाशिघ्र बेलौरी–खजुरिया भन्सार नाका गराउन नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले पहल गर्नुपर्नेमा जोडदिएका छन् ।

 

Open photo

 

उनीहरूले दुवै देश बिच बेलौरी र खजुरियामा मूलभन्सार कार्यालय स्थापना भए कारोबार बृद्धिका साथै सहज हुने समेत बताएका छन् । नेपाल तर्फ बेलाैरी उद्योग वाणिज्य संघका व्यवसायी र स्थानीयले पनि पटक-पटक बेलौरी नाका विस्तारको माग गर्दै आएका छन् ।

 

Open photo

 

बेलाैरी नगरपालिका मेयर कक्षमा भारतीय व्यवसायीले बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले नेपाल भारत(बेलाैरी खजुरिया ) नाका विस्तारका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।, उनले यस विषयमा तत्काल आवश्यक कदम चाल्ने बताउदै भारतीय नगर व्यापार मण्डल खजुरियाकाे स्वागत तथा अभिनन्दन प्रति आभार प्रकट गरेकाे थिए ।

 

Open photoOpen photo

प्रतिकृया दिनुहोस

महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदैँ

कञ्चनपुर - बिहीबारदेखि अबिरल रुपमा परिहेको वर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध)

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।    आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।   शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९