मध्य असोजसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

२०८१ भदौ २२ शनिबार

स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो ।

 

उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । अहिले ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्छ ।

 

डाक्टरका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । डाक्टर गौतमका अनुसार गएको पुसदेखि अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६ सय ८० मध्ये ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

सामान्यतयाः लामखुट्टेले टोकेको छ देखि १६ दिनमा रोगका लक्षण देखा पर्छन् । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता जापानिज इन्सेफ्लाइटिस रोगका लक्षण हुन् ।

 

विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।

 

जापानिज इन्सेफ्लाटिस धेरैजसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छ । सरकारले १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । 

प्रतिकृया दिनुहोस

के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा

नवजात शिशुको स्याहार कसरी गर्ने ?

जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ । यस्तै पहिलो घन्टा पनि शिशु र