एन्फा महिला लिग फुटबल : आज विभागीय टोली एपीएफ र आर्मी खेल्दै

२०८१ भदौ २२ शनिबार

एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे ललितपुर सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरु हुने एन्फाले जनाएको छ । यसअघि तय भएको तालिका अनुसार यो खेल दिउँसो तीन बजे दशरथ रङ्गशालामा हुने उल्लेख थियो ।

 

आर्मीले आफ्नो पहिलो खेलमा बुधवार सङ्कटा क्लबलाई ४ गोलले हराउँदै विजयी सुरुवात गरेकोमा एपीएफले मङ्गलवार पुलिससँग भएको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । यसअघि हिजो भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ गोलले हरायो ।

 

हिजो भएको पहिलो खेलमा सङ्कटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेले । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ए, बी र सी डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागी छन् । 

प्रतिकृया दिनुहोस

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु

राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न