बेलौरी नगरपालिकाद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन

२०८१ भदौ १८ मंगलबार

दिनेश चौधरी / बेलौरी, कञ्चनपुर-


कञ्चनपुरको बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार गृहनगर आईपुगेका गृहमन्त्री लेखकलाई बेलौरी नगरपालिकाले कार्यकक्षमा स्वागत गर्दै ज्ञापन पत्र बुझाएको हो । 

 

Open photo

 

नगरप्रमुख पोतिलाल चौधरीले जिल्लाकै पहिलो सदरमुकाम बेलौरीको दीगो विकास र सम्बृद्धिसंग जोडिएका विषयमा संघीय सरकारले गम्भिर चासो दिनुपर्नेतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए ।

 

May be an image of 3 people and text

 

नगरप्रमुख चौधरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ बर्षवितिसक्दा पनि अहिलेसम्म पुर्ण निर्माण हुन नसकेको अवस्थामा यथाशिघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने र बेलौरी छोटी भन्सारलाई नाकाकै रुपमा विकास गर्न माग अघि सारिएको बताए । 

 

Open photo

 

ईलाका प्रहरी कार्यालय बेलौरीको कार्यालय स्तरबृद्धि गरेर डिएसपीको दरबन्दी सृजना गर्नुपर्ने, पचुई क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय अबरोध भएकाले सो खुलाउनुपर्ने, बेलौरीका सीमावर्ती क्षेत्रमा नेपाली किसानसंग जग्गाधनी प्रमाण पत्र भएपनि खनजोत उपभोगमा भारतीय अवरोध हुने भएकाले सो हटाउनुपर्ने, सीमा सुरक्षादेखि अवरोध नियन्त्रणका लागि पहल गरिनुपर्ने, बेलौरी–कलुवापुर सडकखण्डमा निर्माणाधिन सडक शुक्लाफाँटा निकुञ्जको अवरोध हटाउनुपर्ने, छोटी भन्सारदेखि बेलौरी बजार हुँदै मैनाहासम्मको सडक स्तरोन्नतीका लागि पहल गरिदिन माग अघि सारिएको छ । 

 

Open photo

 

नगरप्रमुख चौधरीले गृहमन्त्री लेखकलाई दिएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री लेखकले बेलौरी नगरपालिकाले अघि सारेका विषयमा सम्बन्धीत मन्त्रालय मार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । 

 

Open photo

 

 

कालिका मन्दिरमा गृहमन्त्रीलाई स्वागत 

 

यस्तै, बेलौरीको निर्माणाधीन कालिका मन्दिरमा पनि गृहमन्त्री लेखकलाई स्वागत गरिएको छ ।

 

Open photo

Open photo

 

बेलौरीको ऐतिहासिक कालिका मन्दिर परिसरमा मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्त लगायतका भक्तजनहरुले गृहमन्त्री लेखकलाई खादामाला सहित स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा मन्दिरको चौतर्फी विकासका लागि माग सहितकाे ज्ञापनपत्र बुझाइएको मधुविलास ढुङ्गानाले जनाए ।

 

Open photo

 

 

बेलौरी उद्योग वाणिज्य संघमा काँग्रेसको बधाई तथा भेटघाट 

 

बेलौरी उद्योग वाणिज्य संघमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  लेखक गृहमन्त्री भएपछि पहिलो पटक क्षेत्र प्रबेश गरेकाले काँग्रेस नेता कार्यकर्ताद्धारा उनलाई बधाई ज्ञापन गर्दै भव्य स्वागत गरिएको हो  ।

 

Open photo

 

 

बेलौरीमा डीएसपी चाहियो : प्रदेश सभा सदस्य विष्ट 

 

उक्त कार्यक्रमा बोल्दै सुदूर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले बेलौरी इप्रकामा डीएसपीको रिक्त दर्वन्दी मिलानका लागि गृहमन्त्री लेखकलाई आग्रह गरेका छन् । भने, बेलौरी ८ पचुइ क्षेत्रमा भारतीय पक्षको अवरोध पछि अलपत्र परेको करिव १२ मिटर हुलाकी सडक तत्काल निर्माणका निमित्त आवश्यक पहल गर्न गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् ।

 

Open photo

 

संविधान सभा सदस्य एवम् प्रदेश विधायन समिति संयोजक समेत रहेका विष्टले बेलौरीको छोटी भन्सारलाई मूल भन्सारका रुपमा कायम गर्नका लागि पहल गरिदिन समेत अनुरोध गरेका थिए । 

 

 

क्षेत्र १ को चौतर्फी विकासमा जोड  : गृहमन्त्री लेखक

 

बधाई तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीका विविध समस्या अवगत भएकाले क्षेत्र १ को चौतर्फी विकासका लागि लागीपरेको बताए । विशेष गरि उनले अलपत्र हुलाकी सडकको समस्या, बेलौरी छोटी भन्सार स्तरोन्नती, दोदा तटबन्ध निर्माण लगायतका महत्वपूर्ण विकासका सवालमा यथाशिघ्र जोड दिने विश्वास व्यक्त गरेका छन् । 

 

Open photo

 

गृहमन्त्री लेखकले स्वागत तथा बधाईका लागि कञ्चनपुर क्षेत्रबासी सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ता, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् सरोकारवालाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । भने, कार्यक्रमको सञ्चालन दिनेश कुवँरले गरेका थिए । 

 

Open photo

Open photo

प्रतिकृया दिनुहोस

महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदैँ

कञ्चनपुर - बिहीबारदेखि अबिरल रुपमा परिहेको वर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध)

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ ।    आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।   शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९