२१ औँ निजामती सेवा दिवस आज, यस वर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

२०८१ भदौ २२ शनिबार

२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गएको तीन वर्षदेखि निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील  प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ ।

 

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । दिवसको अवसरमा कर्मचारीलाई पुरस्कृत गर्ने गरिएकोमा यसअघिका ७ वर्षमा जस्तै यसवर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा त्योभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।

 

यस्तै नियमित रुपमा सम्पत्ति विवरण पेस गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ ।

 

यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम सिफारिस नभएको छनोट समितिले जनाएको छ । सर्वोत्कृष्ट कर्मचारी नभेटिए पनि सरकारले यस वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्दैछ ।

 

सरकारले निजामती सेवा दिवस मनाइरहँदा सरकारी सेवाप्रति आमनागरिकको गुनासो भने उस्तै छ ।  सरकारी सेवा बढी प्रक्रियामुखी हुँदा सेवा लिन नै कठिन हुने गरेको सेवाग्राहीको गुनासो छ । पछिल्लोपटक सरकारी सेवामा प्रविधिको प्रयोग बढे पनि पूर्ण रुपमा लागू हुन सकेको छैन ।

 

समग्र कर्मचारीको छाता ऐनका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा पनि कर्मचारीको वृत्तिविकास अवरुद्ध भएकाले कर्मचारी स्वयम् उत्साहित भएर सेवा प्रदान गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले सङ्घीय निजामती सेवा विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ । 

 

यी हुन पुरस्कार पाउने कर्मचारी :

 

 

 

प्रतिकृया दिनुहोस

काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।   उक्त नदीको दायाँबायाँ ४०–४०

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।   सुरक्षा जाँचका क्रममा

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान