दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष पुरानो

२०८१ श्रावण ९ बुधबार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।

 

५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।

 

बम्बार्डियरले सन्‌ २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो ।

 

एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।

 

 

इन्डिपेन्डेन्स एअरबाट सन्‌ २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन्‌ २००८ अप्रिलसम्म उडाएको थियो ।

 

अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको रेकर्डमा देखिन्छ । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन्‌ २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।

 

सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो । भएको एउटै विमान दुर्घटनामा परेपछि सो वायुसेवा प्रदायक कम्पनी अब विमानविहीन भएको छ ।

 

प्रतिकृया दिनुहोस

आज गणेश चतुर्थी मनाइँदै

भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।   यस

२१ औँ निजामती सेवा दिवस आज, यस वर्ष पनि भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गएको तीन वर्षदेखि निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील  प्रशासन : विकास,

चेपाङ समुदायको छोनाम अर्थात न्वागी पर्व आज

चेपाङ समुदायले आज छोनाम अर्थात न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।