भारतको उत्तर प्रदेशमा रेल दुर्घटना हुँदा तीन जनाको मृत्यु, १४ घाइते

२०८१ श्रावण ३ बिहीबार

भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको छ ।

 

उत्तरप्रदेशको गोन्डा जिल्लास्थित गोन्डा- मनकापुर खण्डको बीचमा चण्डीगढ एक्सप्रेसका १४ वटा डब्बा पटरीबाट उत्रिएका छन् । यो दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

 

चण्डीगढ एक्सप्रेसको यो रेल पञ्जाबको चण्डडीगबाट गोरखपुर गइरहेको थियो । दुर्घटना मोतीगञ्ज प्रहरी कार्यालय क्षेत्रको पिकौरा गाउँनजिकै भएको हो ।

 

दिउँसो पौने ३ बजे दुई डिब्बाले सुरुमा पटरी छाडेका थिए । त्यसपछि अन्य १२ वटा डिब्बा पनि पल्टिए ।

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तीव्र बनाउन भनेका छन् ।

 

मुख्यमन्त्रीले राहत र उद्धारसँगै घाइतेहरूलाई चाँडोभन्दा चाँडो अस्पताल लैजान पनि निर्देशन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा

भारतको मणिपुरमा हिंसा झन बढ्दै

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी