सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार
देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तारको निर्णय गरेका थिए ।
उनको उक्त निर्णय दुई महिनाभित्र कार्यान्वयनमा आएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले पहिलो निर्णयका रुपमा क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए ।
सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा बिस्तार गरिएपछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो ।
यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा सुरू भएकोमा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो ।
भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुर मार्फत् गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामासमेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए ।
आफूले गरेको पहिलो घोषणा पूर्ण रुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अङ्ग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताएका छन् ।
संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब सेवा बिस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् ।
स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ । यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् ।
बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ?
बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ
स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तन क्यान्सर बढी महिलाहरुमा हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानै समेत गुमाउनु परेको छ । स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने
के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग
प्रतिकृया दिनुहोस