दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

२०८१ असोज २ बुधबार

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

 

अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ । मंगलबार बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताउनुभएको छ ।

 

विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गर्नुभएको थियो । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनु हुनेछ ।

 

यसैबीच आतिशीले नयाँ मुख्यमन्त्री बन्नका लागि दाबी पेश गर्नुभएको खबरमा उल्लेख छ । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाउने भएको छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको अहम् जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वाेच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा हुनुभएको थियो । त्यसको दुई दिनपछि पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

भारतको मणिपुरमा हिंसा झन बढ्दै

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको