भारतको मणिपुरमा हिंसा झन बढ्दै
जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् ।
मणिपुरमा मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तिमा २०० जनाको ज्यान लिएको छ ।
महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर सुरु भएको हो । विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ ।
‘पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य ३३ जनालाई पक्राउ गरेको छ’, प्रहरीको एक विज्ञप्तिमा भनिएको छ ।
प्रहरीले मानिसहरूलाई हिंसाग्रस्त क्षेत्रमा शान्ति कायम गर्न कानून प्रवर्तन विभागसँग सहकार्य गर्न आग्रह गरेको छ ।
गत वर्ष महिनौँसम्म चलेको ‘ब्ल्याकआउट’लाई दोहोर्याउँदै अधिकारीहरूले विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् । प्रहरीले कर्फ्युको आदेश पनि जारी गरेको थियो तर राज्यको राजधानी इम्फालमा सयौँले आदेशको अवहेलना गर्दै प्रदर्शन गरेका थिए ।
मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोष लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै मंगलबार विरोध प्रदर्शन गरेका थिए ।
मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । अधिकारकर्मीहरूले राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।
सरकारी तथ्यांकअनुसार गत वर्ष दुई समुदायबीचको लडाइँले लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।
शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन् : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन । सञ्चारकर्मीसँग
रुसले आउँदो वर्ष रक्षा खर्च ३० प्रतिशतले बढाउने
रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल अर्थात एक खर्ब ४५ अर्ब डलरको हुने हिजो
श्रीलङ्कामा राष्ट्रपतीय चुनावको मतगणना चल्दै
श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता
प्रतिकृया दिनुहोस