अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

२०८१ भदौ २५ मंगलबार

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस वर्षदेखि नै लागू हुने गरी सामाजिक सञ्जालमा हदबन्दी लगाउने बताएका हुन् ।

 

यो नियम बालबालिकाहरूका लागि लागू हुनेछ । सामाजिक सञ्जालले बालबालिकाहरूलाई शारीरिक तथा मानसिक रूपमा नकारात्मक प्रभाव पार्ने भएकाले अष्ट्रेलियाले यस्तो कदम चाल्न लागेको प्रधानमन्त्री अल्बानीजको भनाइ छ । यसले बालबालिकालाई डिभाइसबाट बाहिर निकालेर फुटबल मैदानमा पुर्‍याउने उनको विश्वास छ ।

 

तर, हदबन्दीका लागि कति उमेर तोक्ने भनेर निश्चित भएको छैन । १४ अथवा १६ वर्षको उमेर हुनसक्ने बताइएको छ । यसका लागि उमेर प्रमाणीकरणको परीक्षण आगामी महिनादेखि सुरु हुने भनिएको छ ।

 

यद्यपि, विश्लेषकहरूले अनलाइनमा उमेर सीमा लागू गर्न प्राविधिक रूपमा सम्भव हुनेमा शङ्का व्यक्त गरेका छन् । किनकि फेसबुक र इन्स्टाग्राम चलाउन १३ वर्ष उमेर निर्धारण गरिएको छ, तर पनि यी प्लेटफर्महरूमा बालबालिकाको संख्या अझै उच्च रहेको छ ।

 

सन् २०२३ मा सिड्नी विश्वविद्यालयले गरेको एक अध्ययनले १२ देखि १७ वर्षका तीन चौथाइ अष्ट्रेलियालीहरूले युट्युब वा इन्स्टाग्राम प्रयोग गरिरहेको देखाएको थियो ।

 

यदि यो कानून लागू भयो भने सामाजिक सञ्जालमा उमेरमा हदबन्दी लगाउने अष्ट्रेलिया पहिलो देश हुनेछ । यसअघि युरोपियन युनियन (ईयू)ले यस्तै प्रयास गरेको थियो । तर सो प्रयास बालअधिकारविरुद्ध भएको भन्दै उजुरी परेपछि ईयू पछि हटेको थियो ।

प्रतिकृया दिनुहोस

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा

भारतको मणिपुरमा हिंसा झन बढ्दै

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको