बेलाैरी : प्रहरी निरीक्षक जैशीकाे बिदाई, चन्दकाे ईन्ट्री

२०८१ भदौ २८ शुक्रबार

दिनेश चाैधरी/ बेलाैरी,कञ्चनपुर -

 

शुक्रबार ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीकाे बिदाई गरिएको छ ।

 

इप्रका बेलाैरीकाे १३ महिने बसाइँ पश्चात् कर्णाली प्रदेश सुर्खेत अन्तरगत नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएका निरीक्षक जैशीलाई बेलाैरी नगरपालिकाले प्रसंशा-पत्र प्रदान गर्दै विदाई गरेकाे हाे ।

 

Open photo

 

बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले जैशीकाे कार्यलाई उच्च मूल्यांकन गर्दै खादामाला सहित प्रशंसा-पत्र प्रदान गरेका हुन् ।

 

Open photo

 

प्रहरी निरीक्षक जैशीले बेलाैरीकाे शान्ति सुरक्षा अपराध अनुसन्धान र लागूऔषध राेकथाम तथा नियन्त्रणमा कुशलता पुर्वक कार्यसम्पादन गरेको भन्दै उनलाई स-सम्मान बिदाई गरिएकाे हाे ।

 

Open photo

 

निरीक्षक जैशीलाई बेलाैरी नगरपालिकाकाे कार्यालय, बेलाैरी उद्योग वाणिज्य संघ, बेलाैरी नगर खेलकुद समिति, रेडियो सुदूर सञ्चार, वडा नम्बर ६ काे कार्यालय, विज्डम एकेडेमी, वात्सल्य विद्या निकेतन, न्यू लक्ष्मी ईट्टा उद्योग, जगदम्बा मेडिकल हल लगायतका विभिन्न संघसंस्था, समाजसेवी बुद्धिजीवी एवम् अधिकांश स्थानीयहरुले मायाको चिनाे सहित उज्ज्वल भविष्यको कामना गर्दै बिदाई गरेका थिए ।

 

Open photo

 

यस्तै, यता ईलाका प्रहरी कार्यालय बेलाैरीमा शुक्रबार नै नव आगन्तुक प्रहरी निरीक्षक भाष्कर चन्द हाजिर भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई आएका हुन् । भने, अब बेलाैरी ईप्रकाकाे कमाण्ड चन्दले सम्हाल्ने छन् ।

 

Open photo

 

 

 

फोटो फिचर :-

 

Open photo

Open photo

Open photo

Open photoOpen photoOpen photo

Open photo

Open photoOpen photoOpen photoOpen photoOpen photoOpen photo

Open photo

प्रतिकृया दिनुहोस

बेलाैरी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -    कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ

सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

बझाङ -   बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार

कञ्चनपुर : अनलाइनबाट नागरिकता सिफारिसकाे तयारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब