मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदै

२०८१ असार १ शुक्रबार

भाष्कर केसी / कञ्चनपुर-

 

सुदूरपश्चिम प्रदेश तराईका दुई जिल्ला(कञ्चनपुर–कैलाली) जोड्ने मोहना नदीमा झोलुङ्गेपुल निर्माण गरिदैछ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ राजघाटदेखि कैलालीको धनगढी उपमहानगरपालिका १३ बोराडाँडी जोड्ने झोलुङ्गेपुल निर्माण गरिन लागेको हो ।

 

 कृष्णपुर नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा झोपुङ्गेपुल निर्माण गरिन लागिएको कृष्णपुर नगरका मेयर हेमराज ओझाले बताए । 

 

मेयर ओझाले सघीय सरकारको झोलुङ्गेपुल क्षेत्र कार्यक्रम अन्र्तरगत ८५ लाख, ७८ हजार, १५७ रुपैया, कृष्णपुर नगरपालिकाको १४ लाख, २२ हजार,७६६ र स्थानीय जनश्रमदान २लाख, १८ हजार ८८७रुपैया गरी कुल १ करोड, ८लाख, ४४ हजार ३५७ रुपैया बजेटमा पुल निर्माण गरिने छ ।झण्डै १सय २०मिटर लम्बाईको पुल निर्माण हुने मेयर ओझाले बताए ।

 

मेयर ओझाले कृष्णपुर ८ र ९ विभिन्न वडाका स्थानीयहरु धनगढी बजारमा दैनिक किनमेलदेखि स्थानीय किसानलाई कृषि उपज बिक्रि वितरण गर्न, विद्यार्थीलाई आवत जावत गर्न र मजदुरलाई धनगढी बजारमा आउन जान सहजताका लागि पुल निर्माणको योजना ल्याएको बताए । 

 

कृष्णपुर नगरकी उपप्रमुख द्रोपती रानाले नागरिकको समस्या मध्य नजर गर्दै पालिकाले योजना ल्याएको बताउँदै पुल निर्माण भएपछि स्थानीयलाई थुप्रै सुविधा हुने बताईन । 

 

कृष्णपुर नगरपालिका ९का वडाध्यक्ष कैलाश बलायरले मोहना नदीका कारण स्थानीयलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै पुल निर्माण भएपछि हट्ने बताए ।

 

‘राजघाट सहितका आसपासका गाँउदेखि विवित कामकाजका लागि थुप्रै स्थानीय धनगढी बजारमा जान्छन, ‘उनले भने, ‘पुल नहुँदा जोखिम मोलेर काठको पुल तर्ने र नदी नै तर्नुपर्ने बाध्यता थियो, अब पुल निर्माणसंगै हट्ने छ ।’

 

राजघाट झोलुङ्गेपुल उपभोक्ता समितिका अध्यक्ष ओम प्रकास चौधरीले हिउँदमा स्थानीयले मोहना नदीमा काठको पुल बनाएर आउजाउ गर्दै आएको र बर्षातका बेला नदीको बहाबले काठको पुल समेत बगाउने समस्या हुने भएकाले टाढाका पुल प्रयोग गर्नुपर्ने नभए जोखिम मोलेर जात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए ।

 

उनका अनुसार कैलालीको बोराडाँडी र कञ्चनपुरको राजघाट दुई किलोमिटर दुरीमा रहेकाले पुल नहुँदा समस्या भएको र अब पुल निर्माणसंगै थप सुविधान हुने बताए ।समयमै गुणस्तरिय पुल निर्माण गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन । 

 

पुल निर्माणको कार्य अघि बढेसंगै स्थानीय समेत हर्षित भएका छन । स्थानीय हरि प्रशाद रानाले यस अघि पुल नहुँदा जोखिम मोलेर नदी नै तरेर धनगढी आउजाउ गर्दै आएको र अहिले पुल निर्माण भएपछि सहज हुने बताए । रानाका अनुसार राजघाट, पचगडीया,पिपरैया क्षेत्रका स्थानीयलाई सुविधा हुने बताए । पुल निर्माणको जिम्मा राजघाट झोलुङ्गेपुल उपभोक्ता समितिले लिएको छ ।

 

भने नेपाल राष्ट्रिय विकास समाज(एनएनडिएस)ले समाजिक तथा प्राविधिक सहयोग गर्ने जनाएको छ । पुल आगामी दुई बर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने छ । १जेठ ०८१मा सम्झौता भई १जेठ ०८३मा सम्पन्न गरिसक्नुपर्ने छ । 

 

यस अघि मोहना नदीमा कृष्णपुरबाट धनगढी जोड्ने माथिल्लो राजघाट–टनकपुर, तल्लो राजघाट–बोराडाँडी एक झोलुङ्गे र पक्की पुल निर्माण भएका छन ।  

प्रतिकृया दिनुहोस

बेलाैरी नगरपालिकाको १३औं नगरसभा : दमकल ल्याउने याेजना पारित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले

महाकाली नदीमा डुबेर एककाे मृ*त्युु ,एक बेपत्ता

विनाेद सिंह विष्ट / बैतडी-   महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेकी  छन् ।   मृत्यु हुनेमा जिल्लाको

मुक्तहलिया समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन माग

कञ्चनपुर-   मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ ।   राष्ट्रिय हलिया मुक्ति समाज