महाकाली नदीमा डुबेर एककाे मृ*त्युु ,एक बेपत्ता

२०८१ असार ९ शनिबार

विनाेद सिंह विष्ट / बैतडी-

 

महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेकी  छन् ।

 

मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड रहेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

 

शिवनाथ गाउँपालिका १ कुस्मतघाट स्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले  रजनीको मृत उद्धार गरेको थियो ।

 

रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन् । बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको छ।

 

अस्मिताको खोजीका लागि  स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

खैरो हेरोईनसहित युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु

कञ्चनपुर-   कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।   जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश

बेलडाँडीको बजेट ५३ करोड १६ लाख

बेलडाँडी,कञ्चनपुर-   बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।   गाउँसभामा अध्यक्ष