अझै केही दिन अत्यधिक गर्मी हुने

२०८१ असार १ शुक्रबार

देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

 

चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो भए पनि यसपाली गएको २८ गते नै पूर्वमा प्रवेश गरेको थियो ।

 

मनसुन प्रवेश गरेसँगै कोशी प्रदेशका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । कोशी प्रदेशबाट मनसुन अगाडि बढ्न अनुकुल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् । तर पश्चिममा मनसुन फैलन अझै केही दिन लाग्नेछ । 

 

प्रतिकृया दिनुहोस

आइतबारसम्म देशभर मनसुन फैलिने

आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।   महाशाखाकी

आज विश्व योग दिवस मनाइँदै

आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह