कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि

२०८१ जेठ १४ सोमबार

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

 

११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

 

कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाए ।

 

हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिए । त्यसअघि चेन्नेइको घरेलु मैदान चेपौकमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भएको थियो ।

 

हैदराबादका प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । एडेन माक्ररम २०, नितेश कुमार रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए ।

 

कोलकाताका आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले दुई/दुई विकेट लिए । वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

 

लिगमा कोलकाता लिगमा १४ खेलमा ९ मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।

 

कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिकृया दिनुहोस

एन्फा महिला लिग फुटबल : आज विभागीय टोली एपीएफ र आर्मी खेल्दै

एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे ललितपुर सातदोबाटोमा रहेको

पलेशाको पुरस्कार रकममा सरकारले कर छुट दिने

सरकारले पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कार रकममा कर छुट दिने निर्णय गरेको छ ।   हिजो बेलुका

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो