साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

२०८१ भदौ २० बिहीबार

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले  कात्तिक २ गते भुटानसँग खेल्नेछ । कात्तिक ५ गते माल्दिभ्स र कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । ‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलङ्का रहेका छन् । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

 

समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेशसँगै भारत र पाकिस्तान रहेका छन् । दुवै समूहका शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन् । नेपालले महिला साफ आयोजना गर्न लागेको यो लगातार तेस्रो पटक हो । महिला साफ च्याम्पियनशिपका पछिल्ला दुई संस्करण सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै भएको थियो ।

प्रतिकृया दिनुहोस

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु

राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न