बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल

२०८१ जेठ १० बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् । 

 

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताए । 

 

बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई  अवलम्बन गर्न  सकेमा  एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

 

यसैबिच, उनले उभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

‘छाउपडी प्रथाले महिला असुरक्षित’

राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था

माओवादी संसदीय दलको बैठक बस्दै

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो

कांग्रेस संसदीय दलको बैठक आज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो