आज बुद्ध जयन्ती
![](https://radiosudursanchar.com.np/uploads/news/images/360865747buddha-purnima-cover_1588769445.jpeg)
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ । बुद्धजयन्तीकाा अवसरमा शुभकामना दिँदै उहाँले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताउनुभएको छ।
गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/780641561moonsoon.jpeg)
आइतबारसम्म देशभर मनसुन फैलिने
आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1766977256yoga.jpeg)
आज विश्व योग दिवस मनाइँदै
आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/491890460Nepal-Human-rights-Commission-NHRC.jpeg)
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह
प्रतिकृया दिनुहोस